संसदीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

संसदीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु



विशाल पाण्डेय / कैलाली ।
पत्रकारहरुको लागि संसदीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम कैलालीको धनगढीमा आजबाट सुरु भएको छ ।

संचार प्रतीष्ठान नेपाल ,धनगढीको आयोजनामा सञ्चालन भएको कार्यक्रम भदौ २१ र २२ गरि दुई दिनसम्म चल्ने छ । तालिममा कैलालीको टिकापुर , सुखड ,धनगढी ,अत्तरिया लगाएत ठाँउको पत्रकारहरुको सहभागिता रहेको छ ।

संचार प्रतीष्ठान नेपाल , कैलालीका अध्यक्ष प्रकाशविक्रम शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सभामुख अर्जुन बहादुर थापा प्रमुख अथिती रहेका थिए ।

कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सभाका सभामुख थापाले सरकारलाई ठिक ठाउँमा ल्याउनका लागि पत्रकारहरुले सत्य तथ्थ बिषयहरुलाई अावाज उठाउनु पर्ने बताएका छन । सभामुख थापाले राष्ट्रनिर्माणमा पत्रकारहरुकाे महत्त्वपूर्ण भुमिका रहने समेत बताए । उनले नकारात्मक मात्र नभई सकारात्मक कुराहरु लाई बढी भन्दा बढी सम्प्रेषण गर्नु पर्ने बताउदै संसदिय गतिबिधीहरु कमजाेर नभएको र साे बारे अाफुले बहस गर्न तयार रहेकाे बताए ।

कार्यशालामा बाेल्दै धनगढी उपमहानगरपालिकाकि उप प्रमुख शुशिला मिश्रले पत्रकारहरुले परिबर्तित सरकारकाे दाहिने भाग बन्नु पर्ने बताउदै राष्ट्र निर्माणमा पत्रकारहरुकाे महत्त्वपूर्ण भुमिका रहने बताईन । उनले स्थानिय र संघिय सरकारकाे संरचना पहिल्यै देखि निमार्ण भैसकेको भन्दै परिवर्तित संरचनालाई बलियाे बनाउन तीन वटै सरकार जगकाे रुपमा रहेकाे बताउदै संघियतालाई दिगाे बनाउनका लागि प्रदेश सरकार बलियाे हुनुपर्ने बताईन ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले संसदिय सम्बन्धी धारणा राखेका थिए भने प्रशिक्षक पत्रकार महासंघका केन्द्रीय पुर्व सचिब भरत नेपालले पहिलाे दिन सहजिरकण गर्दै पत्रकार पुतली सरह रहेकाे भन्दै पत्रकारले सत्ता हल्लाउने पत्रकारिता गर्नुपर्ने बताए । उनले पहलाे दिन पत्रकारले रिपोर्टिङ गर्दा प्रयाेग गरिने अाचार संहिता ,पत्रकारिता किन अावश्यक ? अादि गतिबिधी बारे सहजिरकण गरेका थिए ।

संचार प्रतिष्ठान नेपाल, धनगढीका कार्यकारी निर्देशक मनमाेहन स्वारले संचालन गरेकाे कार्यशाला अाेपन साेसाईटी फाउन्डेसनकाे सहयाेग रहेको थियो । कार्यशालामा कैलालीका २१ जना पत्रकारहरुकाे सहभागिता रहेकाे छ ।