प्रतिनिधिसभा बैठक स्थगित - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ :

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै काङ्ग्रेस सांसदले रोस्ट्र्म घेराउ गर्दै नाराबाजी गरेका थिए।

प्रधानमन्त्री बोल्नका लागि रोस्ट्रममा पुगेर बोल्न सुरु नगरी सभामुखले बैठक स्थगित गरे । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।