मतपत्र चपाउन, च्यात्न सकिदैन भनेपछि सन्कीए वर्षमान - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

मतपत्र चपाउन, च्यात्न सकिदैन भनेपछि सन्कीए वर्षमान



नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन निर्वाचन आयोगका प्रमुख आयुक्तसँग कड्किएका छन्। उनले आयुक्त थपलियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन्। प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उनले प्रश्न गरेका हुन्।

कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनले बताए। नेता पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न पनि आग्रह गरे। उनले निर्वाचन आयोग रेफ्रिको भूमिकामा बस्नुपर्ने पनि बताए।

उनले माओवादी केन्द्रको प्रहार ओलि प्रवृत्तिमाथि भएको भन्दै एमाले भित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको स्पष्ट पारे। भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरुको वैचारिक रुपमा ध्रविकरण हुने पनि उनले बताए।