सङ्कटमा पनि सक्रिय गोकर्ण विष्ट: गुल्मीभर पठाए पिपिइ, थप सामग्री पठाउँदै - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सङ्कटमा पनि सक्रिय गोकर्ण विष्ट: गुल्मीभर पठाए पिपिइ, थप सामग्री पठाउँदै



गुल्मी- पूर्व मन्त्री एवं गुल्मी क्षेत्र २का संघिय सांसद गोकर्ण विष्टले पठाएका स्वास्थ्य सामग्री जील्लाका सबै पालिकाहरुमा हस्तान्तरण गरिएको छ ।

बिहिवार विहान प्राप्त सामग्री जील्लाका १२ वटा स्थानीय तह तथा जील्ला अस्पताललाई हस्तान्तरण गरिएको हो । प्रदेश सभा सांसद दिनेश पन्थी, नेकपा जील्ला अध्यक्ष मधुकृष्ण पन्त, प्रमुख जील्ला अधिकारी भरत शर्माको रोहबरमा सबै पालिकालाई सामग्री हस्तान्तरण गरिएको हो ।

सांसद विष्टले व्यक्तिगत पहलमा गुल्मी जील्लाका लागि ३०० थान पिपिइ सेट पठाएका थिए । जील्ला अस्पताल सहित पालिकाहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा एम्वुलेन्स चालकहरुका निम्ती भन्दै विष्टले पिपिइ सेट पठाएका हुन् ।

पिपिइ नहुँदा जील्लामा कार्यरत स्वास्थ्य कर्मी तथा एम्बुलेन्स चालकले समस्या भोग्दै आउनुपरेको थियो । प्राप्त ३०० थान मध्ये विष्टकै निर्देशन अनुसार जील्ला अस्पतालका लागि ६० सेट तथा सबै पालिकालाई २० सेटका दरले बाँडिएको प्रजीअ शर्माले जानकारी दिए ।

स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्रीले कोरोनाको उपचारमा उर्जा थपिएको भन्दै जील्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम पाच्याले सांसद विष्टप्रति आभार प्रकट गरे ।

थप सामग्री पनि पठाउँदै विष्ट

सांसद विष्टले थर्मल गन, मास्क, थप पिपिइ लगायतका स्वास्थ्य सामग्री पनि पठाउने भएका छन् । विष्टले जील्लाका लागि ५० थान थर्मल गन, करिब २५ हजार मास्क, थप पिपिइ सेट एकदुइ दिनमै पठाउने गरि तयारी भएको नेकपा जील्ला कमिटी सचिवालय सदस्य गणेश श्रीपालीले जानकारी दिए । स्थानीय तहको माग बमोजिम यस अघिनै १८० सेट पिपिइ, मास्क १००० थान, स्यानीटाइजर २०० थान, थर्मल गन ५ थान ल्याइसकिएको समेत उनले बताए ।

कोरोना संकटसँगै विष्टको सक्रियता

कोरोनाको संकट भित्रिएसँगै सांसद विष्ट निरन्तर सक्रिय रँहदै आएका छन् । सरकारले जारी गरेको लक डाउनको पूर्ण पालनका लागि सार्वजनिक अपिल गर्दै आएका विष्टले विपन्न समुदायलाई परेको समस्या समाधानका लागि पनि समन्वय गर्दै आएका छन् ।

सांसद विष्टले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय जनप्रतिनिधी, पार्टीका अगुवा नेताकार्यकर्तासँग नियमित सम्पर्कमा रहि क्वारेन्टाइन व्यवस्थापन, विपन्न तथा दैनिक ज्यालादारीमा जीवन यापन गर्ने श्रमिकहरुलाई राहत वितरण, आवश्यक पर्ने स्वास्थ्य सामग्रीको आपुर्ति लगायतका विषयमा आवश्यक समन्वय तथा निर्देशन दिने काम गरिरहेका छन ।

अहिले स्थानीय तहमार्फत वडावडामा विपन्न समुदायलाई राहत बाँड्ने काम भैरहेको छ ।