नेपाल मेडिकल कलेजभित्र बम जस्तै देखिने शंकास्पद बस्तु फेला - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेपाल मेडिकल कलेजभित्र बम जस्तै देखिने शंकास्पद बस्तु फेला



नेपाल मेडिकल कलेजभित्र बम जस्तै देखिने शंकास्पद बस्तु भेटिएको छ ।

जोरपाटीस्थित मेडिकल कलेजको प्रांगणमा उक्त शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

फलामको बस्तुलाई तारले जोडेको देखेपछि प्रहरीलाई खवर गरिएको थियो । शंकास्पद बस्तुलाई पत्रिकाले छोपिएको थियो ।

प्रहरीले बम हुनसक्ने आशंकामा सुरक्षा दिएर राखेको छ । सो बस्तु निस्कृय बनाउन नेपाली सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ ।