रुवाउने र हँसाउने चलचित्र सञ्जुको ट्रेलर (भिडियो) - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

रुवाउने र हँसाउने चलचित्र सञ्जुको ट्रेलर (भिडियो)



यस वर्षको बहुप्रतीक्षित फिल्म सञ्जुको ट्रेलर बुधवार सार्वजनिक भएको छ । रणवीर कपूरले सञ्जय दत्तको भूमिका निर्वाह गरेका छन् ।

रणवीरलाई सञ्जय दत्तको जीवनका विभिन्न चरणमा देखाइएको टीजर हिट भएपछि अहिले फिल्मको आधिकारिक ट्रेलर पनि रिलिज गरिएको छ ।

ट्रेलरमा दत्तको जीवनको सुन्दर र असुन्दर पक्षहरू देखाइएको छ अनि रणवीर कपूरले सञ्जयका विभिन्न लूकहरू ट्रेलरमा देखाएका छन् ।

दत्तको लागूऔषध, सेक्स र फिल्म मोहलाई फिल्ममा निर्देशक राजकुमार हिरानीले मज्जासँग पस्केको देखिन्छ । फिल्मका अन्य कलाकारको हिन्ट पनि ट्रेलरमा भेटिन्छ ।

ट्रेलर हेर्दा भावना, हास्य र सत्यको भरपूर मात्रा फिल्ममा छ जस्तो देखिन्छ ।