समता स्कूलका संस्थापक उत्तम सन्जेल पक्राउ - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

समता स्कूलका संस्थापक उत्तम सन्जेल पक्राउ



काठमाडौं- एक युवतीको शंकास्पद मृत्युपछि समता स्कूल एवं अस्पतालका संस्थापक उत्तम सञ्जेललाई  प्रहरीले पक्राउ गरेको छ।  बौद्धस्थित समता अस्पतालमा कार्यरत युवतीको शंकास्पद मृत्यु भएको हो ।

रामेछाप दोरम्बाकी कर्मचारी बिमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। काठमाडौंको कुमारीगालमा रहेको  समता अस्पतालमा कार्यरत बिमला सफाइ कर्मचारी थिइन्।

मृतक युवतीको साथबाट भेटिएको सुसाइड नोटमा ‘सर र म्याडम भनेर सम्बोधन’ गरिएको भन्दै प्रहरीले सन्जेल र उनकी पत्नीसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

युवतीको आत्महत्या नभएर हत्या भएको हुन सक्ने भन्दै छानबिन गर्न स्थानीयले माग गरेका थिए। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले घटनापछि उत्पन्न परिस्थितीमा सन्जेलको सुरक्षामा चुनौती थपिएका कारण उनलाई नियन्त्रणमा लिनु परेको बताए।

केहि महिना अगाडी सञ्जेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट गिनिज वर्ल्ड रेकर्ड समेत प्रदान गरिएको थियो ।