सामाजिक सञ्जालमा सिंहविरुद्ध खनिए युवाहरू: नैतिकता बेचेको आरोप - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सामाजिक सञ्जालमा सिंहविरुद्ध खनिए युवाहरू: नैतिकता बेचेको आरोप



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने सम्झौता गरिएको स्रोतले बताएको छ । प्रकाशमान सिंहकै निकट एक नेताका अनुसार उपप्रधानमन्त्री बनाउने र अन्य प्रलोभनमा सिंह बिकेको बताएका छन् ।

मतदाता र प्रतिनिधिको बिचल्ली बनाएर, नैतिकता बिर्सेर सिंहले देउवासँग लेनादेना गरेको केहि नेताहरूको आरोप छ । सिंह बार्गेनिङकै लागि सभापतिमा च्याखे थापेको समेत उनीनिकट नेताहरूको दाबी छ ।

कांग्रेसको राजनीतिमा उँचो छबी भएका स्वर्गीय नेता गणेशमान सिंहका पुत्र हुन् प्रकाशमान । गणेशमानले भनेको वाक्यांश सम्झँदै सामाजिक सञ्जालमा युवाहरूले उनका पुत्र नै भेंडा भएको आरोप समेत लगाएका छन् । सामाजिक सञ्जालमा सिंहविरुद्ध अभियान नै चलेको छ ।

स्रोतले दिएको जानकारीअनुसार नेता सिंहलाई उपप्रधान तथा गृह मन्त्रीको प्रस्ताव गरिएको छ । तर यसबारेमा कुनै निर्णय भने नभएको स्रोतले जानकारी दियो ।

“प्रस्ताव गरिएको हो, तर कुनै निर्णय भइसकेको अवस्था होइन,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “गृह मन्त्रालयमा अहिले आफ्नै समूहको भएको हुँदा आन्तरिक छलफल बाँकी छ । कुनै निर्णय भइसकेको छैन तर छलफल चाहिँ भएको हो ।”