आज देखि सप्तक संगित बिद्यालय सञ्चालन हुने - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

आज देखि सप्तक संगित बिद्यालय सञ्चालन हुने



बुटवल : क्लासिक साउण्ड एण्ड मिडिया प्रालीले बुटवल तथा यस आसपासका संगित सिक्न चाहाने बिद्यार्थीहरुका लागी संगित बिद्यालय सञ्चालन गर्ने भएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले बिद्यालय बिहिबार बाट शुभारम्भ हुने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्राली तथा बिद्यालयका प्रबन्ध निर्देशक देवराज गैरेले बोल्दै आफु यो क्षेत्रमा केही समय भएपनि कार्यगरेको हुँदा यो क्षेत्रका ब्यक्तिको संख्या कम हुँदा आफुले यो बिद्यालय सञ्चालन गरेको बताए ।

उनले यो बिद्यालय संगै म्युजिक भिडिउो, चलचित्र तथा सञ्चार माध्यम लगायत सम्म सञ्चालन गर्ने किसिमको बिधान समेत बनाएको बताए । बिद्यालयबाट गाएन, नृत्य, गितार , सारंगी, मादल, हार्मोनियम लागायतका सबै किसिमका सुबिधा रहेको बताए ।

बिद्यालयमा गाएन बिधामा खेमा रानाले अध्यापन गराउने तथा नृत्य भने राज कुमारी साहीले प्रशिक्षण गर्ने कार्यक्रममा जानकारी गराईएको हो ।

कार्यक्रममा डान्स सेन्टर सञ्चालक मनोज खड्का , बरिष्ठ पत्रकार खिमानन्द भट्टराई लगायत बोलेका थिए । कार्यक्रमको सञ्चालन एन बि कडेंलले गरेका थिए ।