संगीतमा भविष्य खोज्दै बिशाखा ! - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

संगीतमा भविष्य खोज्दै बिशाखा !



दिपक घिमिरे/कात्तिक १२ 

बाबुको पाईला पच्छाउदै गित संगितमै भबिस्य खोज्दै गरेकी एउटी गायिका हुन बिशाखा शाही । उसो त उनलाई बाल गायिका भन्दा फरक पर्दैन । उमेरले बालीका नै भएपनी उनले गायका गित सुन्दा उनी एउटा अब्बल गायिकामा पर्न सजिलै सफल भएकी छिन ।
२०६१ सालमा दाङको लमही नगरपालिका ( ५ मा बाबू राजु शाही र आमा बबिता शाहिको कोखबाट जन्मियकी बिशाखाले गायको स्वदेश हो भन्ने गित अहिले चर्चाको शिषरमा छ ।

मही कै सनलाईट मोर्डन स्कुलमा कक्षा -८मा अध्यनरत बिशाखा गित संगीत नै आफ्नो अन्तिम लक्ष्य भएको बताउछिन । उनले भनिन “ बाबाले मलाई एउटा सफल गायिका बनाउने सपना देख्नु भएको छ , म त्यो सपना पूरा गर्न सधै लागी पर्नेछु ।”

दाङकै चर्चित सांगितिक हस्तिको रुपमा रहनुभएका राजु शाही देउखुरी क्षेत्रका राम्रा सांगितिक श्रष्टाको रुपमा चिनिनुहुन्छ । गित लेखन , संगित संयोजनका साथै गायन बिधामा समेत आफुलाई केन्द्र सम्म चिनाउन सफल राजु छोरीको सांगितिक पाईला लाई लक्ष्य सम्म पुर्‍याउने सपना देखेको बताउनु हुन्छ । “ म करिब दुई दशक देखि सांगितिक क्षेत्रमा लागेको छु । मैले आफुलाई जति चिनाउन सके त्यो हजुरहरुलाई थाहै छ तर अब म मेरो छोरीलाई नेपाली सांगितिक क्षेत्रमा चिनाउन चाहन्छु । उसलाई संगितको एउटा खम्बा बनाउन चाहन्छु ।”

बुवा राजु शाहीले बताउनु भयो । उहाले थप्दै भन्नुभयो “ उसले गायको पहिलो स्वदेश गान यति मीठो भयो कि आगामी दिनहरुमा उसलाई झन निखार्दै लाने हिम्मत पलायो । “तेर बर्षकै उमेरमा गित संगित बाट आफुलाई चिनाउने लक्ष्यमा हिडेकी बिशाखालाई भबिस्यमा राम्रो गायिका बनेको देख्ने सपना आमा बबिताले पनि देखेको बताउनु हुन्छ ।”बिशाखाको बाबाको सपना नै उसलाई संगितको सारथि बनाउने हो । दुई दशक भन्दा बढी संगितमा लागेको मान्छेको अन्तिम सपना भनेकै आफू हिडेको बाटोमा आफ्ना सन्तान हिडुन भन्ने हुदो रहेछ । छोरीको अहिले सम्मको सांगितिक प्रस्तुतीबाट निक्कै खुशी छु ।” आमा बबिताले बताउनु भयो ।