मलाई पनि संघीयता मन परेको छैन :नेता गौतम - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मलाई पनि संघीयता मन परेको छैन :नेता गौतम



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले आफूलाई पनि संघीयता मन नपरेको बताएका छन्।

जीवराज आश्रित दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता गौतमले मदन भण्डारी र आश्रितको आधा सपना आफूहरुले पूरा गरेको दाबी गरे।

‘देशमा आज केही पनि भएको छैन भन्ने नठान्नुस्’, उनले आग्रह गरे, ‘हामीले राजतन्त्र समाप्त गर्‍यौं। त्यसको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। कतिपयलाई संघीयता चित्त बुझेको छैन। मलाई पनि अलिअलि चित्त बुझेको छैन।’ उनले आफूहरुले युग परिवर्तन गरेको दाबी गरे।

भण्डारीलाई जननेता भनेर आश्रितलाई भने कुशल संगठन मात्रै भनिएकोमा आफूलाई चित्त नबुझेको उनले बताए। ‘चित्त नबुझे पनि त्यो भइसकेको छ’, उनले भने।

उहाँहरुले देखाएको बाटोमा अघि बढ्ने उनको भनाइ थियो।