अपराह्न ४ बजेबाट सङ्घीय संसद्को बजेट अधिवेशन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

अपराह्न ४ बजेबाट सङ्घीय संसद्को बजेट अधिवेशन



काठमाडौं– संघीय संसदकाे बजेट अधिवेशन आजबाट सुरु हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसदको अधिवेशन आइतबार अपराह्न ४ बजे बस्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा दुवै सभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुने छ। बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन प्रारम्भ भएको जानकारी पत्र पढेर सुनाउने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

त्यसैगरि हालैमात्र जारी भएका अध्यादेश संसदमा पेश गर्ने तयारी सचिवालयले गरेको छ। राष्ट्रिय चिकित्सा शिक्षा आयोग, राष्ट्रिय सभा सदस्य निर्वाचन र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यत्तिहरुको छानविन अध्यादेश पेश हुने कार्यसूची रहेको छ।