छिटो भन्दा छिटो संघीयता खारेज गर्नुपर्छ: चित्रबहादुर केसी - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

छिटो भन्दा छिटो संघीयता खारेज गर्नुपर्छ: चित्रबहादुर केसी



काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोेर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने बताए।

अध्यक्ष केसीले प्रादेशिक व्ययभारको कारणले पूर्वाधार विकासका कार्यमा अवरोध पुग्ने बताउँदै राजनीतिक दलले संघीयताका लागि संघर्ष गरेको इतिहास नभएकाले यसले जातीय र क्षेत्रीय विग्रह तथा विखण्डनको स्थिति ल्याउनसक्ने आशंका व्यक्त गरे।

राजनीतिक दलले स्थानीय तहमा दिएको अधिकार अत्यन्त महत्वपूर्ण भएको बताउँदै उनले विकेन्द्रीकरणको आधारमा संविधान संशोधन गरी संघीयता खारेज गरी देश र जनताको हितमा कार्य गर्न राजनीतिक दल र सरकारसँग आग्रह गरे। रासस