राइजिङ्ग स्टार संगित पौडेललाइ बुटवलमा सम्मान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राइजिङ्ग स्टार संगित पौडेललाइ बुटवलमा सम्मान



यस बर्षको लुम्विनी राइजिङ्ग स्टार संगित पौडेललाइ सम्मान गरिएको छ । लुम्विनी टेलिभिजनको आयोजनामा भएको प्रतियोगिताको उपाधि जिते पछि संगितलाइ सम्मान गरिएको हो । मञ्जरी ग्रुप , बरबरी फेशन हाउस र मुभि कल्व नेपालको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको हो । सो कार्यक्रममा बोल्दै कार्यक्रम व्यवस्थापनमा लाग्नु भएकी अञ्जु श्रेष्ठले नया प्रतिभालाइ यस किसिमको कार्यक्रमले अघि बढ्न थप हौसला मिल्ने बताउनु भयो । साथै सम्मान लिदै संगितले पनि खुशि व्यक्त गर्नु भयो । आफुलाइ पहिलो पटक राइजिङ्ग स्टार भएपछि सम्मान गरेकोमा खुशि सहित हौसला प्रदान गरेको बताउनु भयो । संगित यस अघि नेपाल गट ट्यालेण्ट, देवदह आइडल समेत भएका थिए । संगितले कान्ति उच्च मावि वाट एसइइ परिक्षा दिएका थिए ।