सँगै सुतेका दुई साथीको घनले हानी हत्या गरेको खुलासा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सँगै सुतेका दुई साथीको घनले हानी हत्या गरेको खुलासा



पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधिन माउन्टेन रिसोर्ट एण्डा स्पा भवनमा गत आइतबार गरिएको दुईजनाको हत्या सँगै सुतेको साथीले गरेको पुष्टि भएको छ ।

मोबाइल चोरको दोष लगाएपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर पूर्णबहादुर लिम्बूले घनले हान्दा दुईजनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चारजना खाना खाएर सँगै सुतेकोमा चोरको आरोप लगाएको रिसको झोँकमा घनले हान्दा भोजपुर षडानन्द नगरपालिकाका १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङलाक्पा शेर्पाको घटनास्थलमा मृत्यु भएको र अर्का साथी २७ वर्षीय आङदावा शेर्पा गम्भीर घाइते भएका थिए । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
साथीको हत्या गरेपछि अभियुक्त रातिनै बस चढेर घर पुगेको र उनलाई पक्राउ गर्न पोखराबाट प्रहरी टोली त्यसतर्पm गएको थियो ।

टोलीले प्रदेश नं. १ को प्रहरी र जिल्ला प्रहरी कार्यालय, धनकुटासँगको समन्वयमा अभियुक्तलाई पक्राउ गरी आजै पोखरा ल्याएर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो ।