सानेपामा दुर्घटना- एम्बुलेन्स, ट्याक्सी र मोटरसाइकल ठोक्कियो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

सानेपामा दुर्घटना- एम्बुलेन्स, ट्याक्सी र मोटरसाइकल ठोक्कियो



काठमाडौं- ललितपुरको सानेपामा दुर्घटना भएको छ। आइतबार एम्बुलेन्सले ट्याक्सी र मोटरसाईकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
स्टार हस्पिटल नजिकै दुर्घटना भएको बताइएको छ । एम्बुलेन्सले एकाएक ठक्कर दिएको स्थानीयले बताएका छन्  ।
बा १८ च ८१७२ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाइते २ जनाको स्टार अस्पतालमा उपचार भैरहेको बताइएको छ । घाइतेको परिचय खुल्न बाँकी छ।