१७ वर्षे हिरो सन्दिप लामिछाने आज नेपाल आउने ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

१७ वर्षे हिरो सन्दिप लामिछाने आज नेपाल आउने !



इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएका सन्दीप लामिछाने आज मंगलबार स्वदेश आइपुग्ने भएका छन् ।

सन्दीप नेपाली समयअनुसार दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली जनाइएको छ ।

तीनवटा खेलमै संसारभरका प्रसंशकको दिल जितेका सन्दिप लामिछानेको यतिबेला सर्वत्र चर्चा छ । उनी आईपीएलका लागि गत २७ मार्चमा भारत गएका थिए । उनलाई दिल्ली डेयरडेबिल्सले २० लाख भारुमा अनुबन्ध गरेको थियो । सन्दीपले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिन सफल भएका थिए ।

रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए । त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेका थिए । यतिबेला उनको नेपालमा ब्यग्र प्रतीक्षा गरिएको छ ।