क्रिकेटर सन्दीप लामिछानेले आफै गाएको गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

क्रिकेटर सन्दीप लामिछानेले आफै गाएको गीत सार्वजनिक (भिडियो सहित)



नेपाली क्रिकेटमा चर्चाको शिखरमा रहेका १७ वर्ष लेग स्पिनर सन्दीप लामिछान अव नयाँ परिचयका साथ आउदै छन् ।

इन्डियन प्रिमियर लिग (आइपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता टिममा अनुबन्धन भएका सन्दीप अब गायकका रुपमा आउने भएका छन् । सनदीपले आफू ‘प्रतिक्षा’ नामको सोल एल्बम सार्वनिक गर्ने तयारीमा रहेको बताए ।

भर्खरै सन्दीपको गीत सार्वजनिक भएको छ । आफ्नो फेसबुकमा उनले “उदास थियो यो मेरो मन” बोलको गीतको ट्रेलर सार्वजनिक गरेका छन् ।

फेसबुकमा गीत सार्वजनिक गर्दै सन्दीपले लेखेका छन्, ‘गायन सधैं मेरो दोश्रो शोख हो, मेरो शोखलाई यो गीतमार्फत तपाईसामु प्रस्तुत गरेको छु । मेरो एल्बम ‘प्रतिक्षा’ तपाईमाझ प्रस्तुत गर्दैछु ।’

https://youtu.be/uf8tSk0iWyg