आईपीएलमा सन्दीपको सम्भावना बढ्यो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

आईपीएलमा सन्दीपको सम्भावना बढ्यो



काठमाडौं। निरन्तर टोलीले भोगेको हारको नैतिक जिम्मेवारी लिँदै वर्तमान कप्तान गौतम गम्भीरले कप्तानको पदबाट राजिनामा दिएका छन्।

बुधबार गौतमले राजिनामा दिएपछि दिल्ली डेयरडेभिल्सको कप्तानी २३ वर्षीय श्रेयश आएरले गर्ने भएका छन्। दिल्लीले खेलेको ६ खेलमा ५ हार व्योहोरेर अंक तालिकाको पुछारमा छ। गम्भीरको व्यक्तिगत प्रदर्शन पनि सम्झन लायकको छैन। उनले ६ खेलमा मात्र ८५ रन बनाएका छन्।

टोलीमा यसरी कप्तान नै परिवर्तन भएपछि प्लेयिङ ११ पनि परिवर्तन हुने सम्भावना देखिएकोले नेपाली खेलाडि सन्दीप लामिछानेले अबको खेल खेल्न पाउने सम्भावना बढेको देखिन्छ।