सन्दीप लामिछानेका एक क्रेजी फ्यानले दिए यस्तो सरप्राइज - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

सन्दीप लामिछानेका एक क्रेजी फ्यानले दिए यस्तो सरप्राइज



काठमाडौं- चर्चाको शिखरमा रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई उनका एक क्रेजी फ्यानले सरप्राइज दिएका छन्।

कलाकार सनिल चित्रकारले बनाएको सन्दीप लामिछानेको स्केच शुक्रबार सार्वजनिक भएको छ। सन्दीपले ट्वीटरमार्फत उक्त स्केच सार्वजनिक गरेका छन्।

स्केच सार्वजनिक गर्दै सन्दीपले भनेका छन्- वाह ! कस्तो अदभुत स्केच। यो राम्रो स्केचका लागि कलाकार सनिल चित्रकारलाई धन्यवाद। यो धेरै राम्रो छ। तपाईको माया र सहयोगका लागि धन्यवाद। भगवानले तपाईलाई अाशिर्वाद दिउन् र तपाई यस्तै धेरै स्केच बनाई राख्नहोस्।’