सन्दीपको टिमले जित्यो पहिलो खेल - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सन्दीपको टिमले जित्यो पहिलो खेल



काठमाडौं- अस्ट्रेलियाको क्रिकेट लिग बिग बासको पहिलो खेलमा मेलवर्न स्टार्सले पहिलो खेल जितेको छ । नेपाली युवा बलर सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्स पहिलो खेलमा ब्रिजबेन हिटलाई २२ रनले पराजित गरेको हो ।

सुरुआतमा धेरै रङ खर्चिएपनि सन्दीपले विकेट लिन भने सफल भएका छन् । चर्चित अस्ट्रेलियन क्रिकेट लिगको दोस्रो सिजनको पहिलो खेलमा सन्दीप लामिछाने केही महँगो सावित भए पनि टोलीले भने जीत हात पारेका थियो ।

टस हारेर पहिलो ब्याटिङ गरेको मेलवर्न स्टार्सले सात विकेटको नोक्सानीमा १ सय ६७ रन जोडेको थियो भने दोस्रो ब्याटिङ गर्न मैदानमा उत्रेको ब्रिजबेन हिट निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै मात्र एक सय ४५ रनमा समेटिएको थियो।

बिग बासको सुरूआती खेलमा मेलवर्नको जीतमा कप्तान ग्लेन म्याक्सवेलको विष्फोटक ब्याटिङसँंगै पिटर हयान्डसकम्बको २० रनको योगदान रहेको थियो।

म्याक्सवेलले ३९ बलमा ८३ रन जोडेका थिए। यता मेलवर्नका बलरहरूमा युवा स्पीनर एडरियन जाम्पाले ब्रिजबेनका महत्वपूर्ण तीन विकेट लिएका थिए भने हयारिस रौफ र डानियल ओरालले दुई दुई विकेट लिएका थिए। पूरै ओभर गरेका सन्दीप लामिछानेले चार ओभरमा ३८ रन खर्चेर एक विकेट लिएका थिए।

ब्रिजबेनका ओपनर टम बन्टनले ६४ रनको योगदान दिएका थिए।