सन्दीप लामिछानेका लागि अर्को सरप्राइज - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सन्दीप लामिछानेका लागि अर्को सरप्राइज



काठमाडौं-नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तर्रािष्ट्रय क्रिकेट काउन्सिल (आइसीसी) को सेप्टेम्बर महिनाको प्लेयर अफ दि मन्थको मनोनयमा परेका छन्।

आइसीसीले आज बिहिबार सार्वजनिक गरेको मनोनयको सुुचीमा सन्दीपसँगै बगंलादेशका स्पिनर नासुम अहमद, अमेरिकाका जसकरण मलहोत्रा मनोनयमा परेका हुन्।

आइसीसी लिग २ अन्तर्गत ओमान सिरिजको क्रममा सन्दीपले उत्कृष्ट प्रर्दशन गरेका थिए। ओमानमा सन्दीपले गरेको प्रर्दनपछि उनी पहिलो पटक एकदिवसीय वरियतामा परेका थिए।

सोही प्रर्दशनलाई आधार मान्दै आइसीसीले सन्दपिलाई मनोनयनमा राखेको हो। सेप्टेम्बर महिनामा नेपालले खेलेका ६ एक दिवसीय खेलमा सन्दीपले १८ विकेट लिएका झारेका थिए।

समर्थकको भोटको आधारमा विजेता छनोट गर्ने आइसीसीले जनाएको छ। विजेताको नाम अर्को हप्ता सार्वजनिक गरिनेछ। उनलाई भोट गर्न आइसीसीको पेजमा जानुपर्नेछ।

यसअघि नेपाली टोलीका कुशल भुर्तेल र पुर्व कप्तान पारस खड्का पनि आईसीसीको मनोनयमा परेका थिए।