सन्दीप र किशोरी छिरेको होटलको त्यो ३०५ नम्बर कोठा
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अहिले चर्चा र विवादमा तानिएका छन् । एक नाबालिग युवतीले सन्दीपले आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।
जाहेरीमा भनिए अनुसार भदौ ५ गते साँझ ६ बजेतिर सन्दीप ती युवतीलाई लिन कार लिएर होस्टल अगाडी पुगेका थिए । त्यसपछि उनीहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्।
नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट राति मात्रै काठमाडौं फर्किएको किशोरीको भनाइ छ। काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल बन्द भएकाले गौसालाको एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए।
सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि पटक-पटक बलात्कार गरेको पीडित किशोरीको भनाइ छ। पीडित भनिएकी १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको नयाँ दिएकी छन् ।
उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पीडित भनिएकी किशोरीसँग मंगलबार साँझ प्रहरी वृत्त गौशालामा सोधपुछ समेत गरेको छ । सन्दीपले ती किशोरीलाई काठमाडौं र भक्तपुर र नगरकोट समेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले प्रहरी समक्ष बयान दिएकी छिन्।
पीडित किशोरीको बयान अनुसार भदौ ५ गते राति ११ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेका हुन्। सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको भनाइ छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच समेत गराइएसकेको छ।
एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वाथ्य परीक्षण गराइएको एसपी मैनालीले जानकारी दिए। घटनाबारेमा प्रह्री वृत्त गौशालाका साथै जिल्ला प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान अघि बढाएका छन्।
पीडित भनिएकी किशोरीका अनुसार च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ।