सन्दीपले बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

सन्दीपले बनाए नयाँ किर्तिमान



नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । यो उपलब्धी हासिल गर्ने सन्दीप पहिलो नेपाली क्रिकेटर हुन् ।

त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा चार्ल्स अमिनीको विकेट लिएसँगै उनको ५० विकेट पूरा भएको हो । सन्दीप सबैभन्दा छिटो ५० विकेट लिने विश्वका दोस्रो खेलाडी पनि बनेका छन् । उनले २२ खेलमा ५० विकेट पूरा गरेका छन् । यो विश्वकीर्तिमान श्रीलंकाका स्पीनर अजन्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट पूरा गरेका थिए ।

त्रिवि मैदानमा दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेपछि नेपालले पीएनजीलाई २७९ रनको लक्ष्य दिएको छ । जवाफी ब्याटिङ गरिरहेको पीएनजीले यो समाचार तयार पार्दासम्म ३ विकेट गुमाएर १४ ओभरमा ८६ रन बनाइसकेको छ ।