यी हुन् सन्दीपविरुद्ध प्रहरीले बुझाएका ८४ प्रमाण र कागजात - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

यी हुन् सन्दीपविरुद्ध प्रहरीले बुझाएका ८४ प्रमाण र कागजात



प्रहरीले सन्दीप लामिछानेमाथी लागेको बलात्कार आरोप पुष्टि हुने भन्दै मुद्दा दर्ता गरेको छ । दर्ता गरिएको मुद्दामा सन्दीपलाई १२ वर्ष जेल सजायको माग गरिएको छ । प्रहरीले १२ प्रमाण पेश गर्दै मुद्दा दर्ता गरेपछि बहस सुरू भएको छ ।

जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दर्ता भएको छ भने प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ।

अदालतमा अभियोग पत्र पुगेसँगै सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अब मंगलबारदेखि उनको मुद्दामाथी थुनछेक बहस सुरु हुनेछ। तत्काल उपलब्ध प्रमाण्बाट उनी दोषि हुने देखिएमा अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ। त्यस्तो आदेश आएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म सन्दीप जेलमा हुनेछन्।

अदालतमा बुझाएको अभियोजन पत्रमा मुख्य प्रमाणका रुपमा होटलका सीसीटीभी फुटेज बुझाइएको छ। प्रहरीले अदालतमा मुद्दासँगै ६ वटा प्रमाण बुझाइएको छ। प्रहरीले बुझाएको प्रमाणका रुपमा १२ वटा सीसीटीभी फुटेज छन्। ती सबै फुटेज काठमाडौंको गौशलास्थित होटल काठमाडौं इनका हुन्। १२ वटा फुटेजसहितको पेनड्राइभ प्रहरीले बुझाएको हो।

यस्तै होटलको गेष्ट रजिस्ट्रार कार्ड पनि अदालतमा पेश गरिएको छ। अर्को प्रमाणका रुपमा सन्दीपले किशोरीलाई स्न्यापच्याटमा पठाएको म्यासेज छ। उनले किशोरीलाई मायाको चिन्हसहित पठाएको म्यासेजमा लेखिएको छ, ‘मायाको पहिलो सौगात।’

नगरकोर्टको बोजिनी रिसोर्टमा सन्दीपले तिरेको बिल भर्पाई पनि प्रमाण भन्दै प्रहरीले अदालत पु¥याएको छ। यस्तै ल्याबमा परीक्षण गरेर फिर्ता गरिएका उपकरणहरु भौतिक प्रमाणका रुपमा अदालतमा बुझाइएको छ। अर्को प्रमाण सन्दीप लामिछानेकै स्वास्थ्य परीक्षणको रिपोर्ट छ। अदालतमा मुद्दासँगै ८४ वटा कागजात पठाइएको छ।

यसबाहेक पीडित भनिएकी किशोरीको जाहेरी र बयान लगायत अन्य यस घटनामा जोडिएका सबै बयानलाई पनि प्रहरीले प्रमाणका रुपमा लिएको छ।