दुई खेलाडी परिवर्तन गर्दा पनि दिल्लीले सन्दीपलाई मौका दिएन - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

दुई खेलाडी परिवर्तन गर्दा पनि दिल्लीले सन्दीपलाई मौका दिएन



काठमाडौं- इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध केहीबेरमा सुरु हुने खेलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

दिल्लीले यो खेलका लागि दुई जना खेलाडीलाई परिवर्तन गरेपनि नेपालका सन्दीप लामिछाने अटाएका छैनन्। विदेशी खेलाडी सिमनर हेटमेयरको स्थानमा एलेक्स कारेलाई ठाउँ दिइएको छ।

रिसभ पन्तको स्थानमा अजिन्क्या रहाने खेल्नेछन्। पन्त घाइते छन्। कारेलाई टोलीमा समावेश गरेपछि हेटमेयरले स्थान गुमाएका हुन्। एकै खेलमा एउटा टोलीले अधिकतम चार विदेशी खेलाडीलाई मात्र उतार्न सक्छ।

६ खेलपछि दिल्लीको १० र मुम्बईको ८ अंक छ।