सन्दिपको तारिफ ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सन्दिपको तारिफ !



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली खेलाडी सन्दिप लामिछानेले शनिबार राति डेब्यू गर्ने मौका पाए । फिरोजशाह कोटला रंगशालमा सम्पन्न खेलमा उनले रोयल च्यालेन्जसै बैंलोरसँगको खेलमा उक्त मौका पाएका हुन् । उक्त खेलमा उनको प्रदर्शन तारिफयोग्य थियो ।

उनको प्रदर्शनको तारिफ ठूला ठूला व्यक्तिहरुले गरेका छन् । खेल दिल्लीको पक्षमा गएन यद्यपी सन्दिपको तारिफ धेरैले खुलेर गरेका छन् । उनले आईपीएलको राम्रा ब्याट्सम्यानबिरुद्ध बलिङ गर्नुपर्ने थियो । उनले खेलमा १८२ रनको लक्ष्य पछ्याइरहेको बैंगलोरविरुद्ध दिल्लीका कप्तान श्रेयार एयरले सन्दीपलाई पहिलो ओभरमै मैदानमा उतारे । उनले पहिलो ओभरमै प्रभावशाली बलिङ गर्नसके । उनले पहिलो ओभरमा केवल ६ रन खर्चिए । बैंग्लोरका पार्थिव र मोइन अली खुलेर खेल्न सकेनन् । पहिलो ओभरबाटै उनको पक्षमा टेलिभिजन कमेन्टेटरले प्रशंसा गर्न सुरु गरिसकेका थिए किनकी उनले ‘भेरियसन’मा बल फ्याँकेका थिए ।

तेस्रो ओभरमा तेस्रो बलमा पार्थिवले सन्दीपलाई चौका प्रहार गरे तर, लगत्तै चौथो बलमा उनले विकेट लिएर आइपिएलमा ‘ड्रिम डेब्यू’ गर्न सफल भए । उनले पटेललाई एलबिडब्लूको एम्बुसमा पारेका हुन् । भारतीय टिमका अनुभवी ३३ वर्षीय पटेलले २५ टेस्ट र २८ एकदिवसीय खेल खेलिसकेका छन् । उनलाई सन्दीपले केवल ६ रनमै शिकार गरे ।

उनले सोही ओभरमा दक्षिण अफ्रिकाका एबी डी भिलियर्स र भारतीय कप्तान विराट कोलही विरुद्ध बलिङ गरे । उनले समग्रमा ४ ओभर बलिङ गर्दा १ विकेट लिएर २५ रन दिए । सन्दीपले ४ ओभर खेल्दा १० बल डट फ्याँके भने २ चौका र १ छ्क्का खाए । उनले ६।२५ को इकोनोमीमा बलिङ गर्दै दिल्लीका सबैभन्दा किफायती बलर बने ।

सन्दीपले डिभिलियर्सविरुद्ध ७ बल हिर्काउँदा एक छक्कासहित १० रन दिए । खेलमा सर्वाधिक रन बनाउने क्रममा नटआउट ७२ रन खेलेका डिभिलियर्स सन्दीपविरुद्ध सावधानीपूर्वक खेलेका थिए । त्यसो त,भारतीय कप्तान कोलहीले पनि सन्दीप विरुद्ध खुलेर ब्याटिङ गर्न सकेनन् । उनले सन्दीपको ८ बलमा ९ रन जोडे जसमा १ चौका मात्र सामेल थियो । सन्दीपको प्रदर्शनको डिभिलियर्सले समेत खुलेर प्रशंसा गरे। म्यान अफ दि म्याच बनेका डिभिलियर्सले पोस्ट म्याच प्रिजेन्टेसनमा सन्दीपको प्रशंसा गर्दै भने, ‘ १७ वर्षिय लामिछानेको प्रदर्शन प्रशंसनीय छ।’

त्यस्तै सन्दिपको पहिलो विकेटको लागि पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका बाबुरामभट्टराईले पनि तारिफ गरेका छन् । उनले शनिबार राति एक ट्वीट लेख्दै उनको पहिलो विकेटको लागि बधाई दिउका हुन् ।