सन्दीपलाई आरोप लगाउने किशोरीको उमेर १९ वर्ष, मुद्दा अगाडि बढ्यो - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सन्दीपलाई आरोप लगाउने किशोरीको उमेर १९ वर्ष, मुद्दा अगाडि बढ्यो



काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट आज दुई कानुन व्यवसायीहरूले बहस गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौंमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गरेर बहस गरेका हुन् ।

सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर लिएका छन् ।

अधिवक्ता सापकोटाको अनुसार जाहेरवालीको जन्मदर्ता अनुसारको जन्ममिति कायम भएमा उनको उमेर १९ वर्ष स्थापित हुन्छ ।

“सरकारी वकीलले जबरजस्तीकरणीको बारदात स्थापित गर्ने कुनै प्रमाण पेस गर्न सक्नुभएको छैन । त्यसैले सन्दीपजीलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने माग गरेका छौँ,” सापकोटाले भने ।

सन्दीपका पक्षबाट अन्य तीन जना कानुन व्यवसायीहरूले बिहीबार बहस गर्नेछन् ।

सन्दीपविरुद्धको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा राखिएको छ ।