६० हजार डलरमा किनिएका सन्दीप खेल्नै पाएनन - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

६० हजार डलरमा किनिएका सन्दीप खेल्नै पाएनन



काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली टोरन्टो नेसनल्सले ग्लोबल टि-२० क्यानडा क्रिकेट लिगमा शनिबार (आज) ब्राम्पटन वुल्भ्ससँग खेल्दैछन्।

यस सिजनमा ६० हजार अमेरिकी डलरमा नेसनल्सले सन्दीपलाई अनुबन्ध गरेपनि टोलीले तेस्रो खेल खेलिसक्दा सन्दीपले खेलेका छैनन्।

सुरुवाति दुई खेलमा राष्ट्रिय टोलीबाट विश्व टि-२० अन्तर्गतको एसिया छनौटमा व्यस्त भएका सन्दीप तेस्रो खेलमा भने नेशनल्सको टोलीमा परेका थिएनन्।

टोरन्टो र वुल्भ्सबीचको खेल नेपाली समयानुसार राति १०:१५ मा सुरु हुनेछ।

सन्दीपको टिम टोरन्टो ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा रहेकाले अंकतालिकामा स्थान सुर्धान यस खेलमा उसलाई जितको आवश्यकता छ। 

त्यसैले  भारतीय पूर्व राष्ट्रिय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोलीले यस खेलमा सन्दीपलाई प्लेइङ सेटमा मौका दिने सम्भावना बढी छ।

वुल्भ्स भने ३ खेलमा ३ नै जित निकालेर ६ अंकसहित शीर्षस्थानमा रहेको छ।