ज्ञानेन्द्र मल्लमाथि कारबाही, सन्दीप बने कप्तान - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ज्ञानेन्द्र मल्लमाथि कारबाही, सन्दीप बने कप्तान



काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको छ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले दुवैलाई पदमुक्त गर्दै नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ।

क्यानले अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले जनाएका छन्।

अनुशासन उल्लंघन आरोपमा उनीहरु सहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय पनि क्यानले गरेको छ।