कप्तान बने सन्दीप लामिछाने - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

कप्तान बने सन्दीप लामिछाने



काठमाडौं- लेग स्पिनर सन्दीप लामिछाने टिम कप्तान बनेका छन् । लामिछाने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्स ११ को कप्तान बनेका हुन्।

काठमाडौं किङ्स ११ ले सोमबार सामाजिक सञ्जालमार्फत् सन्दीपले टोलिको कप्तानी गर्ने जानकारी दिएको हो। कप्तान सोमपाल कामीलाई चितवन टाइगर्समा बेचेपछि काठमाडौं कप्तानविहिन भएको थियो।

ईपीएलमा मार्की खेलाडीसमेत रहेका सोमपालले चितवनको कप्तानी गर्ने छन्। यसअघि भएको ईपीएलमा चितवनको कप्तानी पृथु बास्कोटाले गरेका थिए।

सोमपाल काठमाडौंबाट ईपीएलको प्लेयर ट्रेड नियम अनुसार चितवन पुगेका हुन्। यता, चितवनका दीपेन्द्र सिंह ऐरी काठमाडौंमा आइपुगेका छन्। उनलाई पनि काठमाडौंको कप्तानको रुपमा हेरिएको छ।

चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म टीयू मैदानमा आयोजना हुँदैछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।