बिगबास लिगमा पनि बिकेनन् सन्दीप लामिछाने - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

बिगबास लिगमा पनि बिकेनन् सन्दीप लामिछाने



नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको प्रतिस्ठित फ्रेन्चाइज बिगबासमा अनसोल्ड भएका छन्।

आइतबार भएको ड्राफ्टमा सन्दीप कुनै पनि टिममा अनुबन्धित हुन असफल भएसँगै लगातार ४ संस्करणपछि यसपटक उनी बिगबासमा देखिने छैनन्।

बिगबासको ड्राफ्टमार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीपलाई भने कुनै पनि टिमले खरिद गरेनन्। बिबिएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य सुवास खकुरेल पनि रहेका थिए। पहिलो पटक ड्राफ्टमा परेका खकुरेलपनि अनसोल्ड रहे।

बिगबासको पछिल्ला ४ सिजन लगातार खेलेका कप्तान सन्दीपलाई यो पटक भने बिगबासमा देखिने छैनन्। उनले बिगबासमा अहिलेसम्म ४३ खेलमा ४८ विकेट लिएका छन्।

सन्दीपले २ संस्करण मेलबर्न स्टारबाट बिगबास खेल्दा २ संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहेर प्रतिस्पर्धा गरेका थिए। उनले पछिल्लो संस्करण होबार्टमा रहेर खेलेका थिए।

बिबिएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ। बिबिएलमा पहिलो पटक खेलाडीको ड्राफ्ट भएको हो।