दिल्लीले आजपनि सन्दीपलाई मौका दिएन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दिल्लीले आजपनि सन्दीपलाई मौका दिएन



काठमाडौं- यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबार बेलुका राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

शारजाहमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर बलिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्ली ब्याटिङमा उत्रँदै छ । यद्यपि हालसम्म दिल्लीले खेलेका पाँचवटै खेलमा मौका नपाएका सन्दीप छैटौं खेलमा पनि बेन्चमा नै रहेका छन् ।

आजको खेलमा दिल्लीले कुनै परिवर्तन नगरी अघिल्लो खेलमा मैदान उतारेकै टोलीलाई निरन्तरता दिएको छ । राजस्थानले भने आजको खेलमा दुई परिवर्तन गरेको छ, अंकित राजपूत र टम करानको स्थानमा वरुण आरुन र एन्ड्र्यु टाइलाई मौका दिइएको छ ।

दिल्लीले हालसम्म खेलेका पाँच खेलमध्ये चारमा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी राजस्थानले भने तीनमा हार व्यहोर्दा दुई खेलमा जीत निकालेको छ ।