सन्दीप र बालिकाबीच लामो समयदेखि कुरा हुन्थ्यो, त्यो दिन के-के भयो ? - Himal Post Himal Post
  • १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
Logo

सन्दीप र बालिकाबीच लामो समयदेखि कुरा हुन्थ्यो, त्यो दिन के-के भयो ?



राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नावालिकले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

उनको जाहेरी दर्ता भैसकेको प्रहरील्व जनाएको छ । प्रहरी वृत्त गौशालामा मंगलवार साँझ आफ्नो साथीसँग पुगेकी नावालिकले लामिछानेविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरील्व अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार, पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गरिसकिएको छ । प्रहरीले अनुसन्धान थालिसकेको बताइएको छ ।

गौशाला प्रहरी स्रोतका अनुसार, काठमाडौंको बानेश्वरमा होस्टेलमा बस्ने ती बालिका एक कलेजमा अध्ययनरत रहेको बयान दिएकी छन् । उनले दिएको बयान अनुसात उनी लामिछानेको ‘फ्यान’ थिइन् । उनीहरूबिच लामो समयदेखि सामाजिक सञ्जाल मार्फत कुरा हुँदै आएको थियो ।

सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत उनीहरूबीच कुराकानी हुने गरेको थियो । स्न्यापच्याटमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।

स्न्यापच्याट पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल हो । यसमा पठाएको सम्वाद हेर्ने बित्तिकै आफ्नै डिलिट हुने विकल्प हुन्छ । बालिकाले दिएको बयान अनुसार घटना लामिछाने केन्या जानु अघिल्लो दिनको हो।

त्यो दिन लामिछाने युवतीलाई लिन आफ्नो कारसमा मध्यबानेश्वरस्थित होस्टल नजिक पुगेका थिए । त्यसपछि उनीहरू नगरकोट घुम्न गएको र फर्कन ढिला भइसकेको थियो । बालिकाले ढिलो भयो होस्टेल बन्द हुन्छ भन्दा पनि लामिछानेले अटेर गरेर राति मात्रै काठमाडौ फर्काएको उनले बयान दिएको प्रहरी स्रोतले बतायो ।

राति ११ बजेपछि काठमाडौं आइपुगेपछि सन्दीपले होटलमा बस्न पीडित बालिकालाई प्रस्ताव गरेका थिए । होस्टल पनि बन्द भइसकेपछि पीडित युवती उनीसँग होटलमा बस्न बाध्य भएको बताइएको छ ।

सन्दीपकै आग्रहमा उनीहरू पिंगलास्थिानस्थित होटलमा बसेका थिए । पीडित बालिकाले दुई वटा कोठा लिन अग्रह गर्दा पनि सन्दीपले नमानेको र होटलमा लगि नसालु पदार्थ खुवाएको बयान दिएकी छन् ।

त्यसपछि राति लठ्याएर दुई पटक लामिछानेले पीडित बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले अहिले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टिभी फुटेज संकलन गर्न थालेको जानकारी दिएको छ ।

पक्राउ पुर्जी जारी गर्ने नगर्ने भन्ने बारे केही समयपछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ ।