एमाले-माओवादी संयुक्त कार्यक्रममा बबाल ! - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एमाले-माओवादी संयुक्त कार्यक्रममा बबाल !



काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा मनाउन लागेको नेकपा स्थापना दिवशको व्यानरमा विवाद भएको छ।

राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवश तथा लेनिन जयन्तीको कार्यक्रमको व्यानरमा मार्क्स र लेनिनको तस्बिर नभएको भन्दै माओवादी निकटहरुले नाराबाजी गरेका थिए। विरोध भएपछि व्यानरलाई हटाइएको छ। कार्यक्रम सुरु हुनु अगाबै सभागृहमा आएका माओवादी नेता तथा उर्जामन्त्री वर्षमान पुनले समेत व्यानरमा ‘गुरुहरुको’ तस्बिर खै भन्दै प्रश्न गरेका थिए। व्यानर हटाएपछि एमाले निकट युवाहरुले व्यानर विना कार्यक्रम हुन नसक्ने भन्दै नारा लगाइरहेका छन्।

कार्यक्रम हलमा टाँगिएको व्यानरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर सहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको तस्बिर राखिएको थियो।

कार्यक्रमलाई ओली र दाहालले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।