सँयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सँयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न



३१ भाद्र,बुटवलमा रहेका लायन्स क्लब अफ बुटवल खसौली, लियो खसौली, खसौली युथ, लियो सैनामैना,लियो लर्ड बुद्ध ले संयुक्त रुपमा एक कार्यक्रमका बिच एन्फा टेक्निकल ग्राउन्ड देबिनगरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन।लायन्सको शतबार्षिकी कार्यक्रम अन्तर्गत ूगो गृनू नारा लिएर उक्त कार्यक्रम सम्पन्न भएको थियो।

लायन्स खसौलिका अध्यक्ष लायन्स ज्ञानु पुनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सिनियर जिल्ला सल्लाहकार लायन सुरेश रत्न बज्राचार्य तथा विशिष्ट अतिथि जिल्ला फुटबल संघका अध्यक्ष दीर्घ बहादुरकेसि लगाएत पुर्व अध्यक्ष लायन बाबुराम बोहरा, लियो जिल्ला सचिब सरोज कंडेल एरिया कोर्डिनेटर लियो अब्दुल सजिद, रिजन कोअर्डिनेटर लियो सुदिप बेलबासे लगायत ६० जनाको उपस्तिथि रहेको थियो।

लायन बिष्णु उपाध्यायको संयोजकत्वमा सप्पन्न भएको उक्त कार्यक्रममा बिभिन्न १०१ बिरुवाहरु रोपिएको थियो। लियो बिजय पन्तले उक्त कार्यक्रमको संचालन गरेका थिए।