उच्चस्तरीय संयन्त्रको पहिलो बैठक बस्दै: के छन् एजेण्डा ? - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

उच्चस्तरीय संयन्त्रको पहिलो बैठक बस्दै: के छन् एजेण्डा ?



काठमाडौं। सरकार सञ्चालनमा सहयोगका लागि सत्ता गठबन्धनको तर्फबाट गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक आज बस्दैछ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन गरिएको उक्त संयन्त्रको पहिलो बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो।

बैठकमा सरकार सञ्चालनमा सत्तारुढ दलहरुको नीतिअनुसार के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने संयोजक पौडेलले जानकारी दिए।

आजको बैठकमा राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ दलहरुको बीचमा हुने तालमेल बारेमा पनि छलफल हुनेछ।

संयुन्त्रमा पौडेलसँगै कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा जनमोर्चाका चित्रबहादुर केसी र दुर्गा पौडेल छन।