पाँचथरमा ९ को बीभत्स हत्या, एक बालिका घाइते - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

पाँचथरमा ९ को बीभत्स हत्या, एक बालिका घाइते



काठमाडौं : मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका नौ जनाको हत्या भएको छ। १२, १३ वर्षीया एक किशोरी घाइते भएकी छिन्।

मिक्लाजुङ गाउँपालिका ३ मा घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।

घटनाको जानकारी आएलगत्तै प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको छ। कसले किन हत्या गर्‍यो भन्ने विषयमा केही खुलेको छैन। घाइते किशोरीलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।  फाइल तस्बिर