(अपडेट) पाँचथरमा ९ जनाको विभत्स हत्याबारे - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

(अपडेट) पाँचथरमा ९ जनाको विभत्स हत्याबारे



पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सोमबार राति भएको विभत्स घटनामा ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यालय छेउँमा भएको उक्त घटना मा भएको उक्त घटनामा धनराज शर्माको ५ जनाको परिवार र मनकुमार फियाकको ४ जनाको परिवारको हत्या हत्या भएको हो ।

 घटनास्थलमा पुग्न चार घण्टा लाग्ने बताइएको छ भने ‘दुई वटा प्रहरीको टोली खटिइसकेको पनि बताइएको छ ।

पाँचथर सदरमुकामबाट डीएसपीको कमाण्डमा र झापाबाट एसपीको कमाण्डमा टोली गएको प्रहरीले जनाएको छ । तथ्य पत्ता लगाउन अझै केही घण्टा लाग्ने बताइएको छ ।

घटनामा एक बालिका भने जिवितै फेला परेकी छिन् । उनको सदरमुकाम फिदिममा उपचार हुँदैछ । मारिएका सबैको काटिएको अवस्थामा शव फेला परेको छ ।

उक्त स्थानमा केही दिनअघि घरेलुको तालिम समेत भएको थियो । जहाँ नूनमा कुनै विषालु पदार्थ मिसाइएकाले त्यहाँको खाना खाँदा ८ जना विरामी समेत भएका थिए । फाइल तस्बिर