सामुदायिक वन उपभोक्ता महासंघ गौरिगङ्गाको प्रथम अधिवेशन सम्पन्न  - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सामुदायिक वन उपभोक्ता महासंघ गौरिगङ्गाको प्रथम अधिवेशन सम्पन्न 



‘नयाँ कार्यसमिति चयन ‘

घनश्याम पौडेल / मसुरिया ,कैलाली ।

सामुदायिक वन उपभोक्ता महासंघ गौरिगंगा नगरपालिकाको प्रथम अधिवेशन नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको छ ।

विक्रम कुँवरको अध्यक्षतामा २१ सदस्य सामुदायिक वन उपभोक्ता महासंघ नगर समिति गठन भएको छ। कुँवरको नेतृत्वमा उप-ध्यक्ष नारायण प्रसाद शर्मा, सचिव दुर्गा लामिछाने र कोषाध्यक्षमा रेनुकला चौधरी निविरोध चयन हुनुभएको हो । समितिको सदस्यहरुमा क्रमश कृष्ण बहादुर चौधरी, रामकृष्ण चौधरी, निल कुमारी चौधरी, सम्पति चौधरी, शारदा जोशी, धना नेपाली, धना रावत, यसोदा आचार्य, रुपा वि.क. , मकर खड्का, डिल्लीराज सापकोटा निर्मला बम, भेष बम, साहेबलाल चौधरी, खेमा नेपाली, राजु देवी खड्का र ग्यान बहादुर सिंह रहनु भएको छ ।

घनश्याम पौडेलको संयोजकत्वमा ५ सदस्यिय लेखा तथा अनुगमन समिति गठन गरिएको छ जसको सदस्यहरुमा क्रमश पशुपति बम , रमेश बोगटी, जमुना देवी रावत र लौटन कठरिया रहनुभएको छ ।

अधिवेशनले हेमन्त राज जोशीको संयोजकत्वमामा रुपा के.सी., एग्य प्रसाद सुवेदी,सिता बोगटी, महेश्वरी बोहरा र राम विलास चौधरी रहेको ६ सदस्य न्यायिक समितिको गठन समेत गरेको छ ‌ ।

महासंघमा गौरीगंगा नगरपालिकामा रहेका ३२ वटा सामुदायिक वन उपभोक्ता समिती आवद्ध रहेका छन् ।
प्रदेश प्रतिनिधिहरूमा महिला तर्फ करुणा चौधरी, माया खडायत, विनिता महर, धनी चौधरी र पुरुष तर्फको प्रतिनिधिमा रामचरण चौधरी, ओम प्रकाश सापकोटा र पहलविक्रम चन्द निविरोध सर्वसहमतिले चयन गरदै प्रथम सामुदायिक वन उपभोक्ता महासंघको नगर अधिवेसन सम्पन्न भएको थियो ।