सामुदायिक वनमा लेखा र कार्यालय व्यवस्थापन तालिम सुरु
मसुरिया,कैलाली । कैलालीको गौरीगंगामा सामुदायिक वनमा दोहोरो लेखा तथा कार्यालय व्यवस्थापन सुरु भएको छ । सामुदायिक वन समन्वय समिति गौरीगंगा ८ बढैपुरको अायोजनामा ४ दिने तालिम बिहिबारबाट सुरु भएको हो ।
आर्थिक सुशासनका लागि दोहोरो लेखा अभिलेख र छिटोछरितो तबरले सेवा प्रवाह गर्न कार्यालय व्यवस्थापन महत्त्वपूर्ण रहेकाले तालिमको अायोजना गरिएको समन्वय समितिका अध्यक्ष अोमप्रकाश सापकोटा बताए ।
समन्वय समितिमा अाबद्व सामुदायिक वनका अध्यक्ष , कोषाध्यक्ष र कार्यालय सचिवको सहभागिता रहेको तालिममा सामुदायिक वन उपभोक्ता समुहको अार्थिक सहयोग रहेको छ । तालिमको सहजिकरण समन्वय समितिका कार्यालय सचिव भिम प्रसाद सापकोटाले गरिरहनु भएको छ ।