घोटैली सामुदायिक वनमा वृक्षारोपण - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

घोटैली सामुदायिक वनमा वृक्षारोपण



ललित जाग्री / कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका ५ सेउकलिया रहेको घोटैली सामुदायिक वनमा मंगलबार वृक्षारोपण गरिएको छ ।

घोटैली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धर्मराज कडेंलको अध्यक्षतामा सामुदायिक वनको दक्षिण-पश्चिम तर्फ बोटविरुवा नभएको खाली भुभागमा २०७ लिप्टीस्का विरुवाहरु वृक्षारोपण गरिएको हो।

वृक्षारोपण कार्यमा सामुदायिक वनका पदाधिकारी, चोरी शिकारी नियन्त्रण दलका पदाधिकारी र उपभोक्ताहरु गरी करिब ४५ जनाको सहभागिता रहेको थियो।