सामुदायिक रेडियो पश्चिम आवाजमा निरङकुश शैलीमा प्रहरी प्रवेश गर्दा सर्वत्र आलोचना - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सामुदायिक रेडियो पश्चिम आवाजमा निरङकुश शैलीमा प्रहरी प्रवेश गर्दा सर्वत्र आलोचना



कैलाली:कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाजमा निरङकुश शैलीमा प्रहरी प्रवेश गरेको भन्दै सर्वत्र आलोचना भएको छ ।

रेडियोमा आइतबार नेकपाले गरेको बन्दको विषयमा नेकपाका नेता दिल बहादुर साउदसँग अन्तरवार्ता लिँदै गर्दा उनलाई पक्राउ गर्न प्रहरी रेडियोको स्टुडियोमा प्रवेश गरेको रेडियोका प्रबन्धक युवराज न्यौपानेले जानकारी दिएका छन् ।

साउदलाई प्रहरीले स्टुडियोबाटै पक्राउ गरेको हो । जनताको आवाज बोल्ने सञ्चारमाध्यममै प्रवेश गरेर प्रहरीले छापामार शैली प्रस्तुत गरेको भन्दै त्यसको सर्वत्र आलोचना भएको छ ।

पत्रकार महासङ्घ कैलाली, आदिवासी जनजाति महासङ्घ फोनिज, जिल्लाका विभिन्न सञ्चार माध्यम र पत्रकारहरूले घटनाको घोर भ्रत्सना गर्दै सामाजिक सञ्जालमा विरोध जनाएका छन् ।