यसकारण रोचक हुनेछ आजको संसद बैठक - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

यसकारण रोचक हुनेछ आजको संसद बैठक



काठमाडौं- शुक्रबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको छ। आजको बैठक रोचक हुने देखिएको छ ।

बैठकको सम्वाभित कार्यसूचीमा विवादित एसपीपी सम्झौता नपरेपनि यसबारे जोडतोडले सवाल जवाफ हुने देखिएको छ । बिहिबार मात्रै एमालेका सांसदहरूले एसपीपीमा आफूहरूको संलग्नता नभएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका थिए । प्रमाण सार्वजनिक भैसकेकोले आजको बैठक रोचक हुने देखिएको छ ।

बैककमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

गृहमन्त्रीले नै ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्ने कार्यसूची छ।