सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन



पर्सा- दुई सातादेखि देशमा लकडाउन छ । कोरोना संक्रमण रोक्न नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ ।

दक्षीणी सीमा खुला सीमा भएपनि जुन देशका नागरिक जता छन त्यतै क्वारेन्टाइनमा राख्ने दुई देशीय सहमती अनुरुप नेपाल र भारत दुबै तर्फ दुबै देशका नागरिकहरु क्वारेन्टाइनमा राखिएका छन् ।

यस्तो अवस्थामा नेपालका एक जना बहालवाला सांसद सरकारी निर्णयको उल्लघंन गर्दै नागरिक भेट्ने नाममा भारत पुगेका छन् ।

सरकारी निर्णयको अवज्ञा गर्ने समाजवादी पार्टीको तर्फबाट पर्सा क्षेत्र नं १ वाट निर्वाचित सांसद प्रदीप यादव भारत गएका हुन् ।

सीमापारि रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा २५ जना बसेका छन् । त्यस मध्य १५ जना नेपाली नागरिक छन् । उनीहरुलाइ भेट्न भन्दै सांसद यादव भारत पुगेको र त्यहाँ रहेका नागरीकलाई भेटेर फर्किएका हुन् ।

यो बिषय थाहा पाएपछि गृह मन्त्रालयले सांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो । क्वारेन्टाइनमा खाने बस्ने सुविधा उपलब्ध गराइएको हुन्छ, नेपाल तर्फ रहेका भारतीय नागरिकलाई पनि त्यो सुविधा उपलब्ध छ ।

यति हुँदा पनि सांसद किन भारत गएको भन्दै आलोचना भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले पनि सांसद यादव र यादवसँग गएका अन्यलाई घरमा नै क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् ।