संसदमै बच्चालाई स्तनपान गराएपछी .. - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

संसदमै बच्चालाई स्तनपान गराएपछी ..



काठमाडाैं । अस्ट्रेलियाका सिनेटर लरिसा वाटर्स संसद्मा सन्तानलाई स्तनपान गराउने पहिलो राजनीतिज्ञ बनिन् । उनले आफ्नो बच्चालाई सिनेटमै स्तनपान गराइरहेको दृश्यले चर्चा पाएको थियो । एक अमेरिकी मोडलले आफ्नी छोरीलाई स्तनपान गराउँदै रनवेमा -याम्प वाक गरेकी थिइन । मारा मार्टिनले स्विमसुट सोका लागि आफ्नी पाँच महिने छोरी आरियासहित रनवेमा क्याटवक गरेकी थिइन् ।

किर्गिस्तानका राष्ट्रपतिकी कान्छी छोरी आलिया सागइवाले पनि आफ्नो बच्चालाई स्तनपान गराएको तस्बिरले पनि चर्चा पायो । आलियाले उक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी थिइन्, “मेरो छोरालाई भोक लाग्यो भने म कुनै पनि स्थानमा र कुनै पनि बेला स्तनपान गराउँछु । ” चार वर्षअघि अस्ट्रेलियाको एक विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिएकी २४ वर्षीया युवतीले बच्चालाई स्तनपान गराइरहेको फोटो फेसबुकमा अपलोड भएपछि त्यो भाइरल बनेको थियो ।

नेपालमा पनि ‘प्रमोसन अफ दी ब्रेस्ट फिडिङ’ नाराका साथ साउन १६ देखि विभिन्न कार्यक्रम गरी स्तनपान सप्ताह मनाइने तयारी भएको छ ।

स्तनपान गराउन सहजीकरणका लािग १५ जनाभन्दा बढी महिला कार्यरत निजी तथा सरकारी कार्यालयमा स्तनपान कक्ष सञ्चालनमा ल्याउने प्रमुख उद्देश्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. आरपी विच्छाले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । नेपाललगायत विश्वका १७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो ।