सांसदले व्यापार-व्यावसाय गर्न नपाउने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सांसदले व्यापार-व्यावसाय गर्न नपाउने



सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नुपर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको छ। सो मस्यौदामाथि प्रधानमन्त्रीको कार्यलयले एक दुई दिनमै सरोकारवाला पक्षसँग छलफल गर्ने तयारी गरेको छ। छलफल पछि सदाचार नीति लागू गर्ने सरकारले तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलययले जनाएको छ।

मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यलयका सचिव केदार अधिकारीले केही दिनमै सदारचार नीतिमाथि सरोकारवालासँग प्रधानमन्त्रीको कार्यालयले छलफल शुरू गर्ने बताए। उनले भने, ‘छलफल सकिए पछि सदाचार नीति लागू हुन्छ। यसको तयारी भइरहेको छ।’