संसद्को पहिलो बैठक बसेपछि मात्रै पुरानो संसदको कार्यकाल समाप्त हुने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

संसद्को पहिलो बैठक बसेपछि मात्रै पुरानो संसदको कार्यकाल समाप्त हुने



काठमाडौं- प्रतिनिधि सभाको कार्यकाल नयाँ संसद्को पहिलो बैठक बसेपछि मात्रै समाप्त हुने गरी विधेयक दर्ता भएको छ।
प्रतिनिधि सभामा दर्ता गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो।

‘… प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ’, दर्ता गरिएको विधेयकमा भनिएको छ।

संशोधन गर्न लागिएको विधेयकमा प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख छ।

कार्यकालका सम्बन्धमा प्रतिनिधि सभाको जस्तै प्रदेश सभाका हकमा पनि राखिएको छ।

संसद् कायमै राख्ने र त्यस्तो संसद्‌को सांसदको रुपमा सम्पूर्ण सुविधा लिएर निर्वाचनमा सहभागी हुँदा प्रतिस्पर्धाको लागि समान वातावरण तयार नहुने भन्दै विज्ञहरुले विरोध जनाएका थिए। अझ उनीहरुले त निर्वाचन घोषणासँगै संसद् विघटन गरिनुपर्ने बताएका थिए। तर, सरकारले त्यसलाई बेवास्ता गरिदिएको हो।

निर्वाचन मंसिर ४ गतेका लागि तोकिएको छ। त्यसका लागि निर्वाचन कार्यक्रम पनि सार्वजनिक भइसकेको छ।