संसद्का उम्मेद्वारदेखि वडा अध्यक्षसम्म माअोवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

संसद्का उम्मेद्वारदेखि वडा अध्यक्षसम्म माअोवादी केन्द्रमा प्रवेश



ड़ा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय नेता लक्ष्मण गुरुङसहितले एक टोली नेकपा माअोवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको कार्यालय पेरिसडाडामा भएको एक कार्यक्रममा लक्ष्मण गुरुङसहित २ दर्जन नेता कार्यकर्तालाई पार्टी अध्यक्ष प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् ।

स्थानीय निर्वाचनमा धार्चे गाउँपालिका अध्यक्ष उम्मेद्वार बनेका गुरुङको नेतृत्वमा माओवादीमा प्रवेश गर्नेहरुमा धार्चे वडा नं ३ का वडाअध्यक्ष ईन्द्र प्रसाद गुरुङ र प्रदेशसभा निर्वाचनमा समानुपातिक संसदका उम्मेदवारसमेत रहेका मीन बहादुर सुनार लगाएतका छन् ।

प्रवेश गर्नेहरुमा आरुघाट धार्चे चुमनुव्री तीनवटै गाउपालिकाका नयाँ शक्ति पार्टीका सबै वडाका वडा संयोजकहरु रहेका छन् । गुरुङसहित अन्य पार्टी प्रवेश गर्नेहरुमा मिन बहादुर सुनार, इन्द्र गुरुङ, दलबिर गुरुङ, सोम थापा मगर, नितेश गुरुङ, धन बहादुर सुनार, अर्जुन गुरुङलगायत छन् । उनीहरुले यहि चैत १ गते माअाेवादी केन्नद्रमा फर्कने निर्णय गरेका हुन् ।