सांसद पनि रहेनन् महरा, यसरी भयो पद चैट - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सांसद पनि रहेनन् महरा, यसरी भयो पद चैट



काठमाडौँ– जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका कृष्णबहादुर महराको यतिबेला सामाजिक सञ्जालदेखि आम जनमानससम्म चर्चा भैरहेको छ। यो चर्चाको एउटा बिषय भनेको महराको सांसद पद के भयो भन्ने नै हो।

पुर्वसभामुख महराको सांसद पद तत्कालका लागि स्वतः निलम्बनभएको छ । प्रचलित कानून अनुसार करणीसहितका फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद आरोप प्रमाणित नभएको अवस्थासम्मका लागि स्वतः निलम्बनको अवस्थामा जान्छ। अर्थात सांसद पद रहे पनि त्यसबापतको सेवा सुविधा दिइँदैन। तर आरोप प्रमाणित भएमा अर्थात दोषी ठहर भएमा सांसद पद स्वत जान्छ वा महरा सांसद रहँदैनन्।

तर कानुन व्यबसायीको भने फरक मत के छ भने, महराले सभामुख पदबाट राजीनामा दिएदेखि नै उनी सांसद छैनन् । अधिवक्ता प्रकाश खड्काका अनुसार महराको सांसद पद त्यहि दिन गयो जुन दिन उनले सभामुख पदबाट राजिनामा दिए ।

उनको अनुसार उनि जुन जगबाट सभामुख भएका थिए त्यो जग रहने छैन । उनले सांसदको जग बनाएर सभामुख बनेको र त्यो जग पनि अब नरहेको बताए ।